Khabarhub (@khabarhubnepal) 's Twitter Profile
Khabarhub

@khabarhubnepal

Khabarhub is Nepal’s trusted digital news media that tells and disseminates the truth as it is by observing all decencies.

ID: 1560095869

linkhttps://www.khabarhub.com/ calendar_today01-07-2013 09:09:32

6,6K Tweet

21,21K Followers

1 Following

Khabarhub (@khabarhubnepal) 's Twitter Profile Photo

रसुवामा मंगलबार बिहान आएको बाढीले ठूलो क्षति गरेको छ । बाढीले नेपाल-चीन मितेर पुल बगाएको छ । रसुवागढीको भन्सार यार्ड, टिमुरेको सुख्खा बन्दरगाहसहित आधा दर्जन जलविद्युत् आयोजनामा पनि ठूलो क्षति भएको छ । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

रसुवामा मंगलबार बिहानको बाढीले गरेको क्षति अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहितको जम्बो टोली नेपाल-चीन सीमाक्षेत्रमा पुगेको छ। टोलीमा चिनिया राजदूत छन सोङ पनि थिए । तस्बिरहरू : प्रधानमन्त्रीको सचिवालय

दक्षिण कोरियास्थित नेपाली दूतावासले बितेका ६ महिनाको अवधिमा नेपाली कामदारहरूको हितमा उल्लेखनीय कामा गरेको जनाएको छ। यस अवधिमा कोरियामा मृत्यु भएका १५ जना नेपालीको शव व्यवस्थापन गरी नेपाल पठाइएको छ । khabarhub.com/2025/08/817047/

Khabarhub (@khabarhubnepal) 's Twitter Profile Photo

प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका थिए । khabarhub.com/2025/08/817075/

Khabarhub (@khabarhubnepal) 's Twitter Profile Photo

बर्खामा कोशी सधैँको खतरा, कहाँ–कहाँ अपनाउनुपर्ला सावधानी ? khabarhub.com/2025/08/816840/

Khabarhub (@khabarhubnepal) 's Twitter Profile Photo

फिल्म ‘माग्ने राजा’को लागि कलाकार केदार घिमिरेले ६१ लाख पारिश्रमिक लिएको भन्ने निर्माता मुनाल घिमिरेको झुटो दाबी पुष्टि भएपछि उत्पन्न विवादकै रापतापमा निर्माण पक्षले फिल्मको गीत सार्वजनिक गरेको छ । khabarhub.com/2025/08/816988/

Khabarhub (@khabarhubnepal) 's Twitter Profile Photo

आफ्नो अभिनय रहेको दुईवटा फिल्म प्रदर्शनमा आएपछि नायिका सनिशा भट्टराईले रङ्गमञ्चमा डेब्यू गर्ने भएकी छन् । कान्तिपुर थिएटरले मंगलबार नाटक ‘शिरीषको फूल’मा सनिशाको अभिनय रहने जानकारी दिएको हो । khabarhub.com/2025/08/817060/

Khabarhub (@khabarhubnepal) 's Twitter Profile Photo

म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ । पहिरो नदीमा थुप्रिएर तलाउ बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो । त्यहाँ निरन्तर पहिरो खसिरहेको छ । khabarhub.com/2025/09/817312/

Khabarhub (@khabarhubnepal) 's Twitter Profile Photo

मंगलबार आफूले संसद्मा राखेको धारणालाई नबुझेर बिभिन्न टिप्पणी भएकोप्रति उनले आपत्ति जनाइन् । आफ्नो भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने एमाले सांसदको मागप्रति गौतमले नेपाली भाषा नबुझेर भएका अपव्याख्या आफ्नो समस्या नभएको दाबी गरिन् । khabarhub.com/2025/09/817346/

Khabarhub (@khabarhubnepal) 's Twitter Profile Photo

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गौतमतिर लक्षित गर्दै केही सांसदहरूले भाइरल बन्न संसद्मा गलत कुरा प्रचार गर्दै हिँड्न थालेको बताएका छन् । बर्तौलाले रास्वपा सांसद गौतमसहितलाई लक्षित गर्दै कडा जवाफ फर्काएका हुन् । khabarhub.com/2025/09/817351/

Khabarhub (@khabarhubnepal) 's Twitter Profile Photo

‘पहिले रविले गरेको दुरूपयोगको जवाफ दिनुहोला । भिजिट भिसाको दुरुपयोग गर्ने नेताको पार्टीका कार्यकर्ताहरूले अरूलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउन हुन्छ कि हुँदैन ?’, उनले भने, ‘नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने हो कि आफूबाट थाल्ने हो ?’ khabarhub.com/2025/09/817394/

Khabarhub (@khabarhubnepal) 's Twitter Profile Photo

मंगलबार प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री लेखकले रसुवा विपद्मा घटनामा हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली र ६ जना चिनियाँ नागरिकसहित १९ जना बेपत्ता भएको जानकारी दिए । khabarhub.com/2025/09/817405/

Khabarhub (@khabarhubnepal) 's Twitter Profile Photo

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नति धमाधम भइरहेको छ । उक्त क्रिकेट मैदान स्तरोन्नतिका क्रममा राख्न लागिएको फ्लडलाइट टावर पनि बुधबार काठमाडौं आइपुगेका छन् । khabarhub.com/2025/09/817426/

Khabarhub (@khabarhubnepal) 's Twitter Profile Photo

‘राजनीतिमा सधैँ प्राप्ति मात्र हुँदैन, गुमाउनु पनि पर्छ। राजनैतिक यात्रामा उकाली ओराली छिचोलियो’, उनले भनेका छन्, ‘२०७९ को गठबन्धनका क्रममा खोटाङ कांग्रेसलाई केन्द्रबाट सुनियोजित ढंगले भएको ठूलो अन्याय र अपमान व्यहोर्नु पर्दा मलाई सह्य हुने कुरो थिएन ।’ khabarhub.com/2025/09/817540/

Khabarhub (@khabarhubnepal) 's Twitter Profile Photo

कांग्रेसले २०७९ को निर्वाचनमा पार्टीलाई असहयोग गरेको प्रमाणित भएका १८ जना नेतामाथि कारबाही गरेको छ । २०७९ को स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा चुनावमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको पुष्टि भएपछि ती १८ नेतालाई कारबाही गरिएको हो । khabarhub.com/2025/09/817561/

Khabarhub (@khabarhubnepal) 's Twitter Profile Photo

गत निर्वाचनमा विजयी सीता गुरूङलाई असहयोग गरेको आरोपमा उनलाई कांग्रेस केन्द्रीय अनुशासन समितिले एक वर्षका लागि पार्टीबाट निस्कासन गरेको छ । सुब्बा २०१५ को आमनिर्वाचनपछि ०६४ को संविधानसभा निर्वाचनमा तेह्रथुमबाट विजयी भएका थिए । khabarhub.com/2025/09/817572/

Khabarhub (@khabarhubnepal) 's Twitter Profile Photo

यही मंगलबार बिहान रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित रसुवागढी, ल्हेन्दे खोलामा आएको बाढीपछि उद्धारमा खटिएका बेला ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली दिइँदै । तस्बिर : नेपाल प्रहरी

तर, जुलाई ८ मा उक्त ताल उस्तै रहँदैन। नारायणी जलाधारको त्रिशुली उपजलाधार अन्तर्गत ल्हेन्दे खोलामा विशाल बाढी निम्त्याउनेगरी हिमनदीमाथि बनेको उक्त सुप्राग्लेसियल लेक फुटेको देखिन्छ। फुटेको तालबाट तल्लो तटीय क्षेत्रतर्फ पानीको विशाल परिमाण बगिरहेको देखिन्छ । khabarhub.com/2025/09/817466/

Khabarhub (@khabarhubnepal) 's Twitter Profile Photo

एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले नेतृ रामकुमारी झाँक्रीलाई बाजा बजाएर नेकपा एमाले भित्र्याउन भनेका छन्। अध्यक्ष माधवकुमार नेपालनिकट पराजुलीले नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटालाई जवाफ फर्काउँदै यस्तो बताएका हुन्। khabarhub.com/2025/09/817609/

Khabarhub (@khabarhubnepal) 's Twitter Profile Photo

काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा सहसचिव प्रदीप परियारलाई विशेष अदालतले २५ हजार रुपैयाँ धरौटीमा छोड्न बुधबार आदेश दिएको छ । khabarhub.com/2025/09/817612/